अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शहीद स्मृति गोल्डकपको पुरकार राशि वृद्धि

शहीद स्मृति गोल्डकपको पुरकार राशि वृद्धि


हेटौँडा- बागमती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।

स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याउन र दोस्रो पुरस्कार पाँच लाखबाट १० लाख रुपैयाँ पुर्‍याउन उपमहानगरपालिकाले सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो ।

शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता

राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।

शुक्लागण्डकी नगरपालिका-८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।