अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालद्वारा पशुपतिको दर्शन

माधव नेपालद्वारा पशुपतिको दर्शन


काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । उहाँले आइतबार बिहान परिवारसहित पशुपतिको दर्शन गर्नुभएको हो ।

पशुपति क्षेत्र विकास कोष स्रोतका अनुसार नेता नेपालले मूल मन्दिरभित्र प्रवेश गरेर पञ्चामृत पूजाका साथै पशुपतिनाथको पहिलो आदिकलशको जल अभिषेक लिनुभएको थियो ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँत्याउने फैसला गरेपछि यी दुई पार्टी अहिले अलगअलग भएका छन् ।

सर्वोच्चले दुवै पार्टीलाई पूर्ववत अवस्थामा फर्कन भने पनि माधकुमार नेपाल पक्षले भने संस्थापन एमालेको निर्णय नमानेर गुटगत भेला गरिरहेको छ ।

विभिन्न राजनीतिक संकट आउन थालेछि माधव पूजाअर्चना गर्न आइतबार पशुपति जानुभएको बताइएको छ । यद्यपि, उहाँले भने आफ्नो पूजाअर्चनालाई गोप्य राख्नुभएको छ ।

केही महिनाअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ दर्शन गर्दा भने माधव नेपाल गुटका केही नेताले विरोध गरेका थिए । तर, आज भने त्यही गुटका शीर्ष नेता नेपालनै पशुपतिको शरणमा पर्नुभएको छ ।