अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको चेतावनी : गुटगत भेलामा सहभागी भए कारबाही हुन्छ

अनेरास्ववियुको चेतावनी : गुटगत भेलामा सहभागी भए कारबाही हुन्छ


काठमाडौं- नेकपा एमाले निकट अनेरास्ववियुले मंगलबार कनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरिएको स्पष्ट पारेको छ ।

संयोजक ऐन महरले संस्थापन अनेरास्ववियुले भोलि कुनै पनि कार्यक्रमको आयोजना नगरिकाले त्यस्ता गविविधिमा सहभागी नहुन आग्रहसमेत गर्नु भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले गुटगत भेलामा संलग्न सहभागी भएको पाइए विधानअनुसार कारबाही हुने चेतावनीसमेत दिनुभएको छ ।

‘अनेरास्ववियु, विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने, पार्टीको अस्तित्व समाप्त पार्ने, कम्यूनिष्ट आन्दोलनलाई कमजोर पार्ने जस्ता गुटबन्दी र अराजकताको पक्षमा भएको सबैखाले गतिविधिको घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर्सथ: भोलि २०७७ चैत्र १० गते कुनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरेको अनेरास्ववियूका आम नेता कार्यकर्तालाई जानकारी गराउदछु ।’

साथै, संयोजक महरले संगठनको विधान विपरितको कुनै भेला, सम्मेलन आयोजना गरेको भएमा त्यस्ता कुनै पनि भेलामा उपस्थित नहुन पनि अपिल गर्नु भएको छ ।

प्रेस विज्ञप्ति :