अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले गर्दा नेपालीको पहिचान फेरियाे : महेश बस्नेत

प्रधानमन्त्री ओलीले गर्दा नेपालीको पहिचान फेरियाे : महेश बस्नेत


हेटौँडा- नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा नेपालीको पहिचान फेरिएको बताउनुभएको छ । प्रधानमन्त्रीको कारणले चीन र भारतले गर्न नसकेको विकास नेपालमा सुरू भएको उहाँले बताउनुभयो ।

हेटौँडामा सोमबार आयोजना भएको राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री ओली नेतृत्वको नेपाल एसियाकै सुखी मान्छे बस्ने मुलुक भएकोसमेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा द्वन्द्व चलाइरहेका ४५ वटा समूहलाई मूलधारको राजनीतिमा फर्काएर देशलाई शान्तिको बाटोमा डोहोर्‍याएको समेत स्मरण गराउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्जसमेत रहनुभएका बस्नेतले समृद्धिको यात्रामा अग्रसरताका लागि युवाहरुलाई स्वरोजगार बनाई देश विकासका कामलाई तीव्रता दिएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको काम अन्य राजनीतिक दलहरूलाई मन नपर्नु स्वभाविक भएको बताउनुभयो ।