काठमाडौं– माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला मंगलबार स्थायी कमिटी बैठक बोलाइएको हो । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेका लागि बैठक राखिएको बताउनुभयो । उहाँले बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताउनुभयो ।
फागुन २३ को सर्वोच्चको फैसलाअनुसार नेकपाको पार्टी एकता बदर भएर पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।
प्रतिक्रिया