अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एकता खारेज गर्ने फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

नेकपा एकता खारेज गर्ने फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने


काठमाडौं– नेकपा माओवादी केन्द्र नेकपा एकता खारेज गर्ने फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ ।

मंगलबार बिहान कानून व्यवसायीसँग छलफल गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनरावलोकनमा जाने तयारी गर्नुभएको हो ।

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानलगायतका कानून व्यवसायीसँग दाहालले छलफल गर्नुभएको हो । छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने प्रधानले बताउनुभयो ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।