अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी छैन : सभापति देउवा

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी छैन : सभापति देउवा


विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।’

एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिनुभयो । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।