अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी प्रदेश अध्यक्ष विश्वकर्माद्वारा पदभार ग्रहण

एमाले गण्डकी प्रदेश अध्यक्ष विश्वकर्माद्वारा पदभार ग्रहण


पोखरा- नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्ष जगतबहादुर विश्वकर्माले पदभार ग्रहण गर्नु भएको छ । अध्यक्ष विश्वकर्मालाई मंगलबार प्रदेश कार्यालय नयाँबजारमा भएको कार्यक्रममा पार्टी सचिव गोविन्द नेपालीले पदभार ग्रहण गराउनु भएको हो ।

पदभार ग्रहणपछि प्रदेश अध्यक्ष विश्वकर्माले नेपाली कम्युनिष्‍ट आन्दोलन चुनौतीको मोडमा आएकाले त्यसलाई सुदृढ गर्दै अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका उहाँ कास्कीबाट निर्वाचित संघीय सांसद हुनुहुन्छ । नेकपा एमालेको २८ गते बसेको केन्द्रीय कमिटीको बैठकले विश्वकर्मासहित सातै प्रदेशमा अध्यक्ष चयन गरेको थियो ।