अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा २४ घण्टामा थपिए १८८ कोरोना संक्रमित

नेपालमा २४ घण्टामा थपिए १८८ कोरोना संक्रमित


काठमाडौं- देशभर आज १ सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, मंगलबार ७७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।