अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुम्बाराहीबाट थापाथली सर्दै एमाले मुख्यालय

धुम्बाराहीबाट थापाथली सर्दै एमाले मुख्यालय


काठमाडौं- नेकपा एमालेले केन्द्रीय कार्यालय थापाथलीमा सार्ने भएको छ ।

२०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङहाल्मु स्मृति प्रतिष्ठानमा केन्द्रीय कार्यालय रहेको एमाले मुख्यालयलाई थापाथली हाइटस्थित उमंगमार्गमा सारिन लागिएको हो ।

एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार बहाल सम्झौतामा बुधबार हस्ताक्षर हुँदैछ ।

पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरिरहेका छन् ।

२०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो ।