अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पठाओ राइडरले अब ज्याकेट र ट्राउजर नलगाउने

पठाओ राइडरले अब ज्याकेट र ट्राउजर नलगाउने


काठमाडौं- राइड सेयरिङ कम्पनी पठाओ नेपाल प्रालिले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) नलगाउन आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नायतले पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याएको बताउनुभयो ।

उहाँका अनुसार ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर)सहित पठाओको लोगो वा ब्राण्ड प्रयोग गर्न मनाही गरिएको छ ।

यदि कसैले प्रयोग गरे प्रशासनको कारवाहीको भागिदार हुने तर कम्पनी सो बारे जवाफदेही नहुने उहाँले जानकारी दिनुभयो ।