अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा एमालेको नयाँ मुख्यालयको निरीक्षण

प्रधानमन्त्री ओलीद्वारा एमालेको नयाँ मुख्यालयको निरीक्षण


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको नयाँ पार्टी कार्यालयको निरीक्षण गर्नुभएको छ ।

थापाथली हाइटमा करिब चार रोपनी जग्गामा बनेको अढाइ तले घर एमालेले आजदेखि भाडा लिएको छ । पाँच वर्षयता धुम्बाराहीमा बसिरहेको कार्यलय अब केही दिनमा यो भवनमा सर्दैछ ।

कार्यलय संजय अग्रवालबाट पाँच वर्षका लागि भाडामा लिइएको हो । प्रधानमन्त्रीले कोठाहरू केही परिमार्जन सहित कार्यसञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भवनमा रहेका प्राय: सबै कोठामा पसेर निरीक्षण गर्नुभएको छ । उक्त भवनमा आज माइ नेपाल नेपाल संस्थाले सूचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रस्तुतीहरू पनि आयोजना गरेको थियो ।

प्रधानमन्त्री ओलीले ती सबै प्रस्तुती हेर्नुका साथै तनहुँको एक विद्यालयका विद्यार्थीसँग अनालाइनमा संक्षिप्त अन्तरक्रिया समेत गर्नुभएको छ ।

विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो ।

प्रतिष्ठानको भवन मासिक २ लाख २५ हजार तिरिँदै आएको थियो । एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।