अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण : प्रधानमन्त्री ओली

स्थानीय तहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र असाधारण रहेको बताउनुभएको छ । बुधबार नेपाल नगरपालिका संघको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘स्थानीय तहहरूको भूमिका त हामीले कोभिड-१९ संकटको समयमा थाहा भइसक्यो नि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्थानीय तहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र असाधरण छ ।’

उहाँले जनप्रतिनिधि अभियान्ता भएकोसमेत बताउनुभयो । प्रधानमन्त्री ओलीले जनप्रतिनिधिका पछिल्ला कामको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।