अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना त्रास : गृह मन्त्रालयले सबै जिल्लालाई पठायो परिपत्र

कोरोना त्रास : गृह मन्त्रालयले सबै जिल्लालाई पठायो परिपत्र


काठमाडौं- नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गएको भन्दै गृह मन्त्रालयले सतर्कताका लागि सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको छ ।

मन्त्रालयले केही दिन अगाडि नै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमणको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन परिपत्र गरेको हो । प्रवक्ता बुढाले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन विज्ञप्ति सार्वजनिक गरे लगत्तै गृहमन्त्रालयले चैत ९ गते नै ७७ जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो ।’

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गोष्ठी, भेला, सम्मेलन नगर्न केही दिनअघि नै अनुरोध गरिसकेको छ ।