गण्डकी- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको पुष्पलाल (मध्यपहाडी) राजमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ ।
गाउँपालिकाका विभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान, काम सुरू गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिनुभयो ।
सो खण्डमा कूल १६ किलोमिटर दूरी रहने जनाउँदै उहाँले लोकमार्गअन्तर्गतका विभिन्न ठाउँमा काम तीव्ररूपमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँका अनुसार लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त खण्डका विभिन्न १२ ठाउँबाट काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
मध्य पहाडी क्षेत्रका सर्वसाधारणको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानिएको लोकमार्गको काम थालिएसँगै मादी र आसपासका स्थानीयमा खुसी छाएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया