अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयले भन्यो- होली पर्व घरमै मनाउनुहोला

स्वास्थ्य मन्त्रालयले भन्यो- होली पर्व घरमै मनाउनुहोला


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्ने जोखिम भएकाले होली पर्व घरमै मनाउन अपील गरेको छ ।

कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेपछि मन्त्रालयले थप सजकता अपनाउन अपील गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना जोखिम बढेकाले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्नुभयो ।

‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं,’ प्रवक्ता अधिकारीले भन्नुभयो ।

यो वर्ष होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदै छ ।