अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा

त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा


काठमाडौं- त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ खेलाडी सम्मिलित नेपाली टिमको घोषणा गर्नु भएको हो ।

नोलले बिहीबार दशरथ रंगशालामा हुने खेलमा कीर्गिस्थानसँग खेल्दैछ । नेपाली टिमको कप्तान किरण चेम्जोङ रहनु हुनेछ भने उपकप्तान रोहित चन्द रहनु हुनेछ ।

नेपाली टिमले दोस्रो खेल शनिबार बंगलादेशविरुद्ध खेल्ने छ ।

नेपालको टिम

गोलकिपर : किरण कुमार लिम्बू, विकेश कुथू र दिप कार्की

डिफेन्डर्स : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रवी शंकर पाशवान

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास