काठमाडौं- विभिन्न विधामा देशभरका नगरपालिकामध्येबाट तीन सर्वोत्कृष्ट नगरपालिका घोषित गर्दै पुरस्कृत गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिकालाई पुरस्कृत गरिएको हो ।
नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै नगरपालिकालाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नुभयो ।
वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रूपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजस्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो ।
प्रतिक्रिया