अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दासढुंगामा कार र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

दासढुंगामा कार र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु


चितवन- चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपरान्ह कार र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका-२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका-४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका-७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका-३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका-६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते हुनुभएको छ ।

उहाँहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।