अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गाप्रसादले लिनुभयो नागरिकता

दुर्गाप्रसादले लिनुभयो नागरिकता


काठमाडौं– ४० वर्ष भारतीय जेलमा बन्दी जीवन विताएर फर्किनुभएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिनुभएको छ ।

जिल्ला प्रशासन कार्याल इलाममा पुगेर उहाँले नागरिकता लिनुभएको हो । भतिजा गोपाल तिम्सिना, भाइ धिरेन्द्र शर्मा रमण सहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुग्नुभएका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गर्नुभयो ।

तिम्सिनालाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गर्नुभएको थियो । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो ।

तस्बिर सौजन्यः सटेन्द्र जबेगु