अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘विमाको प्रिमियम किसानले तिर्ने गरी घटाउनुपर्छ’

‘विमाको प्रिमियम किसानले तिर्ने गरी घटाउनुपर्छ’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलले बैंकहरूलाई कृषि विमाको प्रिमियम कम गर्न आग्रह गर्नुभएको छ । बिहीबार पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्नुहुँदै उहाँले विमाको प्रिमियम किसानले तिर्ने गरी घटाउनुपर्ने बताउनुभएको हो ।

‘सरकारले प्रिमियमा दिने सुविधा हटाउँदै लैजान्छ । मुनाफा बैंक, विमा कम्पनीले कमाउँछ सरकारले भने सुविधा दिँदै गइरहेको छ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो ।

उहाँले विमाको विस्तारलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमै मल कारखाना खोल्ने तयारीसमेत भइरहेको बताउनुभयो ।

‘नेपालमै निकट भविष्यमा हामी कृषि मलको कारखाना खोल्दै छौँ,’ उहाँले भन्नुभयो, ‘विद्युत्बाट मल काराखाना खोल्ने विषयमा पनि छलफल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले मल उत्पादन गर्न कृषि मन्त्रालयले किसानलाई तालिम दिन पनि आग्रह गर्नुभयो ।