अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थारु अगुवालाई गृहमन्त्रीको आग्रह : रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउनुस्

थारु अगुवालाई गृहमन्त्रीको आग्रह : रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउनुस्


काठमाडौं- गृहमन्त्री थापा रामबहादुर थापा (बादल) निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै धर्ना बसेका व्यक्ति भेट्न माइतीघर मण्डला पुग्नुभएको छ ।

उहाँले धर्नामा बसेकाहरूलाई रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गर्नुभएको छ ।

२०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाको रिहाइको माग गर्दै थारु अगुवाहरूले आइतबारदेखि धर्ना दिइरहेका छन् ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा हुनुहन्छ ।