अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुटका गोठमा आगो लागेपछि मूलघरले ओत दिन्छ : गोकुल बाँस्कोटा

गुटका गोठमा आगो लागेपछि मूलघरले ओत दिन्छ : गोकुल बाँस्कोटा


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गुटको गोठमा आगो लागेपछि मूलघरले ओत दिने बताउनुभएको छ ।

आज ट्विटरमा बाँस्कोटाले माधव नेपाल समूहमा लागेको एमालेका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै सो कुरा उल्लेख गर्नुभएको हो । उहाँले महाधिवेशनमा नै गुटबन्दी भएकोले त्यसको छाँया पार्टी र संसदीय दलमा परेको बताउनुभएको छ ।

बाँस्कोटाले संसदीय दलको बैठकमा जाने, आफ्ना कुरा भन्ने हो भने संसदीय दल पनि पार्टी पनि एक हुने उल्लेख गर्नुभएको छ । बाँस्कोटाले संसदहरुको स्वविवेकले भन्दा पनि गुटबन्दी क्याम्पको आदेश अवज्ञा गर्न नसक्दा अहिलेको अवस्था आएको संकेत गर्नुभएको छ ।

उहाँले गुटको गोठमा आगो लागे पनि मूलघरले ओत दिने उल्लेख गर्नुभएको छ । ‘गुटका गोठमा आगो लागेपछि सबैलाई मूलघरले ओत दिइहाल्छ नि,’ बाँस्कोटाले लेख्नुभएको छ ।

बाँस्कोटाले अगाडि लेख्नुभएकाे छ, ‘गुटबन्दी महाधिवेशनमा समूहगत उम्मेद्वारीले हुर्काएको सत्य हो, सांसदले आफैँ सहीछाप गरे भन्दा पनि गुटबन्दी क्याम्पको आदेश अवज्ञा गर्न नसक्या कुरा हो । बैठकमा जाने, त्यै भन्दिने । संसदीय दल एक भइहाल्छ । अनि पार्टी पनि । नआग्रह न पूर्वाग्रह । गुटका गोठमा आगो लागेपछि सबैलाई मूलघरले ओत दिइहाल्छ नि ।’