अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना त्रास : नौ बजेपछि रात्रिकालीन कार्यक्रम गर्न नपाइने (विज्ञप्तिसहित)

कोरोना त्रास : नौ बजेपछि रात्रिकालीन कार्यक्रम गर्न नपाइने (विज्ञप्तिसहित)


काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेसँगै रात्रिकालीन कार्यक्रममा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै राति नौ बजेपछि रात्रिकालीन कार्यक्रममा रोक लगाएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पर्यटक क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रिकालीनक कार्यक्रममा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने, राति नौ बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने व्यवस्था मिलाउने ।’

साथै, त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा तीव्रता दिने निर्णय पनि भएको छ ।

हेर्नुस् बाँकी निर्णयहरू :