अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमिहीनको समस्या समाधानमा सरकार गम्भीर छ : मन्त्री तुम्बाहाङ्फे

भूमिहीनको समस्या समाधानमा सरकार गम्भीर छ : मन्त्री तुम्बाहाङ्फे


काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिकको समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएकी छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरस्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दालाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा संविधानले नै भूमिहीनलाई भूमि उपलब्ध गराउने भनेकोले सोहीअनुसार नै नियम कानुनहरू बनेको र सरकारले पनि भूमि उपलब्ध गराउने मन्त्री तुम्बाहाङ्फेले बताउनुभएकी हुन् ।

अहिले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर ७७ वटै जिल्लामा सुकुमबासीलाई जमिन दिने कामलाई तीव्रता दिइएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो ।

कीर्तिपुर पाँगा बालकुमारी गाँउ ब्लकमा जम्मा ५ सय ६७ कित्ता संख्यामध्ये ५६ कित्ता सरकारी सार्वजनिक र ५ सय ११ कित्ता व्यक्तिको नाममा छुट्टिएको छ । जसमध्ये अहिले ३ सय ८ कित्ता व्यक्तिको र ५६ कित्ता नेपाल सरकारको नाममा दर्ता गरी ६४ प्रतिशत दर्ता कार्य सम्पन्न भइसकेको छ ।

पाँगा बालकुमारी क्षेत्रमा ३ दशमलव ४ हेक्टर अर्थात् ६६ रोपनी १२ आना १ पैसा २ दाम जमिन छ । यस क्षेत्रमा २०२१/२२ सालमा एकसरो नापीबाट नापनक्सा गर्न छुटेको थियो ।