अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक स्थानमा होली खेल्न नपाइने, गृह मन्त्रालयद्वारा पक्राउ गर्न निर्देशन

सार्वजनिक स्थानमा होली खेल्न नपाइने, गृह मन्त्रालयद्वारा पक्राउ गर्न निर्देशन


काठमाडौं- होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले यसअघि नै कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । मन्त्रालयले भीडभाड गरेमा प्रहरीले कारवाही गर्ने र सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पनि पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

गृहको निर्देशनमा स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्ने प्रहरीलाई निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने छ ।

संक्रामक रोग ऐन–२०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

होलीको समयमा भीडभाड हुन नदिन मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ समेत लागु गरेको छ ।