अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, आङबुहाङ आर्थिक मामिला मन्त्री

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, आङबुहाङ आर्थिक मामिला मन्त्री


विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मुख्यमन्त्री राईले टंक आङबुहाङ लिम्बूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रामबहादुर रानालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, उषाकला राईलाई सामाजिक विकास नियुक्त गर्नुभएको छ । अम्बिर बाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गर्नुभएको छ ।

उदयपुरकी कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी र राजकुमार ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

यसअघि हिक्मतकुमार कार्की आन्तरिक मामिला तथा कानुन र जगदीशप्रसाद कुसियैत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहनुभएको थियो ।