अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठकमा सहभागी हुने मनस्थितिमा माधव पक्ष, कालिमाटीमा सांसदहरुको भेला

एमाले संसदीय दलको बैठकमा सहभागी हुने मनस्थितिमा माधव पक्ष, कालिमाटीमा सांसदहरुको भेला


काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी हुने माधव नेपाललाई दबाब परेको छ । उहाँ पक्षका सांसदहरुले दलको बैठकमा पटक पटक अनुपस्थित हुनु उपयुक्त नहुने भन्दै सहभागी हुन दबाब दिइरहेको छन् ।

सांसद सोमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा सहभागी हुनुपर्छ भन्ने सांसदहरुको संख्या अत्यधिक छ । ‘संसदीय दलको बैठकमा सहभागी होऔं । आफ्ना कुरा त्यही राखौं भनेका छौं,’ पाण्डेले नेपाली बहस डटसँग कुरा गर्दै भन्नुभयो ‘यस विषयमा परामर्श गर्न माधव कमरेडले कालीमाटी बोलाउनु भएको छ । हामी भेला हुदैछौं ।’