अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढीबाट मन्त्री भट्टको उदघोष– ‘सुदूरपश्चिम प्रदेश सरकार फाल्नुपर्छ’

धनगढीबाट मन्त्री भट्टको उदघोष– ‘सुदूरपश्चिम प्रदेश सरकार फाल्नुपर्छ’


धनगढी– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

शुक्रबार बिहान धनगढी विमानस्थलमा उत्रिएलगत्तै पत्रकारहरूसँग बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम सरकार परिवर्तन हुने दाबी गर्नुभएको हो । ‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले आएका छौँ। छलफल गर्छौँ। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ,’ उहाँको भनाइ छ, ‘यो प्रदेश सरकारले गति लिन सकेन, अब चाहिँ यसलाई फाल्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रबाट मुख्यमन्त्री हुनुभएको हो ।

भट्टले एमाले नेता भीम रावल लगायतका विषयमा मागिएको स्पष्टीकरणको उत्तरपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । तर, रावलका लागि पार्टीको ढोका खुला रहेको उहाँको भनाइ छ ।