काठमाडौं– नेपाल पक्षका सांसदहरु पनि एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा माधवकुमार नेपाल र भीम रावलबाहेक अरु सांसदहरु सहभागी भएका हुन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराउनुभयो ।
अध्यक्ष ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जानकारी दिनुभएको छ ।
प्रतिक्रिया