अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलको बैठकमा प्रधानमन्त्रीको भनाइ– ‘व्यक्तिसँग छलफल गर्छु, गुटसँग गर्दिनँ’

संसदीय दलको बैठकमा प्रधानमन्त्रीको भनाइ– ‘व्यक्तिसँग छलफल गर्छु, गुटसँग गर्दिनँ’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका सांसदका रुपमा आफूले सबै कुरा सुन्ने तर गुटगत रुपमा कसैसँग छलफल नगर्ने बताउनुभएको छ ।

एमालेको संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ‘तपाईंहरु सबैका समस्या, गुनासा सुन्न म तयार छु तर म गुटसँग डिल गर्दिनँ,’ माधव पक्षका समेत सांसदहरु उपस्थित भएको बैठकमा प्रधनमन्त्री ओलीले भन्नुभयो, ‘पार्टीलाई एकताबद्ध बनाएर लैजाने तह अनुसार सबैको जिम्मेवारी हो । तर पार्टी अनुशासनलाई उल्लंघनलाई एमालेमा स्थान छैन ।’

प्रधानमन्त्री ओलीले फागुन २३ पछाडि पार्टी र संसदीय दलले गरेका कुनै पनि निर्णय फिर्ता नुहने स्पष्ट पार्नुभएको छ । ‘पार्टीले गरेको निर्णय फिर्ता हुदैनन् । ती सबै लागू हुन्छन् । संसदीय दलको विधान आवश्यकता अनुसार परिर्माजन हुन्छ । तपाईंहरुले यसमा खुलेर सुझाव दिनसक्नुहुन्छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।