अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको काँधमा देशको ठूलो अभिभारा : योगेश भट्टराई

प्रधानमन्त्रीको काँधमा देशको ठूलो अभिभारा : योगेश भट्टराई


काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीको काँधमा देशले ठूलो अभिभारा सुम्पेको बताउनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा बोल्दै भट्टराईले आफूहरु पार्टी र संसदीय दलको निर्णय मान्ने तर एकलौटी ढंगले बैठक आयोजना गर्न नहुने बताउनुभएको हो ।

‘संसदीय दल, पार्टीको बैठक हामी पनि मान्छौं तर कुरा राख्ने मौका त दिनुपर्‍यो नि,’ भट्टराईले भन्नुभयो, ‘प्रधानमन्त्रीले चौडा छाती बनाएर पार्टीलाई एकतावद्ध बनाएर लैजानु पर्दछ ।’