अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोमबारदेखि मौसममा सुधार हुन्छ : मौसमविद्

सोमबारदेखि मौसममा सुधार हुन्छ : मौसमविद्


काठमाडौं- शुक्रबारदेखि एक्कासि काठमाडौं उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो ।

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।

विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव ९ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।