अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा पूर्वमन्त्री जोशीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा पूर्वमन्त्री जोशीको निधनप्रति दुःख व्यक्त


काठमाडौं- प्रधानमन्‍त्री केपी शर्मा ओलीले नेपापाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संविधानसभा सदस्य नविन्द्रराज जोशीको निधनमा शोक व्यक्त गर्नु भएको छ । उहाँले शनिबार वक्तव्य जारी गर्दै शोक व्यक्त गर्नु भएको हो ।

‘काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको खबरले मलाई अत्यन्त दुःख लागेको छ,’ प्रधानमन्त्री ओलीलले सोक वक्तव्यमा भन्नुभएको छ, ‘यस दुःखद् घडीमा दिवंगत नविन्द्रराज जोशीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

लोकतान्त्रिक आन्दोलनमा जोशीले महत्वपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गरेको बताउनुभएको छ ।

शोक वक्तव्य :