अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनले अनुदानमा दिने ८ लाख कोरोना खोप सोमबार नेपाल आइपुग्ने

चीनले अनुदानमा दिने ८ लाख कोरोना खोप सोमबार नेपाल आइपुग्ने


काठमाडौं- चीन सरकारले अनुदानमा दिने कोभिड विरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ । चीनले सिनोफार्म कम्पनीको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउँदैछ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप नेपालका लागि तयारी अवस्थामा राखिएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा खोप लोड हुँदै गरेको तस्बिर साझा गर्नुहुँदै नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको आठ लाख डोज खोप बेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको बताउनुभएको छ । उहाँले छिट्टै नेपाललाई उक्त खोप हस्तान्तरण गरिने बताउनुभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिनोफार्म कम्पनीको खोप सोमबार नेपाल आइपुग्ने बताउनुभएको छ । उहाँले अनुदानको उक्त खोप चार लाख ब्यक्तिका लागि पुग्ने बताउनुभयो । नेपालले हाल कोभिशिल्ड खोप प्रयोगमा ल्याएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको दश लाख खोप पहिलो चरणमा अग्रपंक्तिमा खटेकालाई लगाइसकिएको छ ।

स्वास्थ्य मन्त्रालयले पछि भारतको सिरम इन्स्टिच्युटबाटै २० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये दश लाख खोप नेपाल आइपुगेको छ भने बाँकीको दश लाख आउन बाँकी छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले चीनको सिनोफार्म कम्पनीबाटै खोप खरिदका लागि कुराकानी भइरहेको बताउनुभयो ।