अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश

नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश


काठमाडौं- नेपालको चुच्चे नक्सा गुगल म्यापमा पनि समावेश भएको गरिएको छ ।

गत वर्ष नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले समावेश गरेको हो । गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू-भागलाई टुक्रे धर्काद्वारा देखाएको छ ।

सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो ।

यसअघि उक्त क्षेत्र भारतले अतिक्रमण गरेको थियो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर रहेको छ ।

भारत सरकारले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी-लिपुलेक पश्चिमका नेपाली भू-भाग समेत समेटेको थियो । नेपालले उक्त नक्सालाई अस्वीकार गर्दै नयाँ नक्सा जारी गरेको हो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म भएको देखिँदैन । नेपालले पनि भारसँगको उक्त सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।