काठमाडौं- नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले सोमबार फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ । प्रतियोगिताको विजेता टोली पाँच हजार अमेरिकी डलरबाट पुरस्कृत हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०-० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । आफ्नो दुबै खेलमा अङ्क बाँडेको नेपालले दुई खेलबाट दुई अङ्क जोडेको छ ।
किर्गिस्तानसँग जितेर पूरा तीन अङ्क बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अङ्क बाँड्दै चार अङ्कसहित शीर्ष स्थानमा छ ।
पहिलो खेलमा हार र दोस्रोमा नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अङ्कमा सिमित हुँदै थ्री नेशन्स कप प्रतियोगिताको पुछारमा रहन बाध्य भयो ।
प्रतिक्रिया