अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल पत्रकार महासंघमा को–को भए उम्मेदवार, सूचीसहित हेर्नुहोस्

नेपाल पत्रकार महासंघमा को–को भए उम्मेदवार, सूचीसहित हेर्नुहोस्


काठमाडौं– नेपाल पत्रकार महासंघमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको छ ।

आगामी चैत २५ गते हुने निर्वाचनका लागि अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । महासंघमा कांग्रेस(माओवादी र एमाले–जसपाको गठबन्धन भएको छ ।

कांग्रेस(माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ । युनियनकै रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । बुढाथोकीले दलीय सिण्डिकेटविरुद्ध एकल उम्मेदवारी दिएका हुन् ।

कांग्रेस(माओवादी गठबन्धनमा अधिकांशको बागी उम्मेदवारी परेको छ ।