अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आइतबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार सभामुख सापकोटाले पटक पटक प्रधानमन्त्रीसँग भेट्ने समय मागिरहनु भएको थियो ।

‘आजको भेटमा हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली बहस डट कमसँग भन्नुभयो ।

लामो समयदेखि प्रधानमन्त्री र सभामुखबीच छलफल हुन सकेको थिएन ।