अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिने अवधिका लागि पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ ।

यस्तै, १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तै, १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।