अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिके राउतको घर फेला परेन, अदालत उपस्थित हुन गोरखापत्रमा छापियो सूचना

सिके राउतको घर फेला परेन, अदालत उपस्थित हुन गोरखापत्रमा छापियो सूचना


काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतको घर पत्ता नलागेपछि अदालतले ३५ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।

जिल्ला अदालत नवलपरासीले सोमबार सरकारी सञ्चार माध्यम गोरखापत्रमा एक सूचना जारी गरी राउतको घर पत्ता नलागेकोले सूचना बमोजिम ३५ दिन भित्र अदालतमा हाजिर हुन ताकेता गरेको छ ।

राउतलाई राज्य विरुद्धको संगठित अपराधमा अदालतमा हाजिर हुन भनिएको हो । अदालतद्वारा जारी सूचनामा जिल्ला रौतहट महादेव गाउँपालिका वडा नं २ घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं ८ डेरा गरी बस्ने सिके राउत भनिने चन्द्रकान्त राउतलाई बाटोको म्याद बाहेक ३५ दिनभित्र आफ्नो सबुद प्रमाण सहित हाजिर हुन आउनु भनिएको छ । हाजिर हुन नआएमा कानुन बमोजिम हुने चेतावनी सूचनामा उल्लेख छ ।

राउत गतवर्षसम्म छुट्टै मधेसको माग गर्दै स्वतन्त्र मधेस अभियान सञ्चालन गर्दै हुनुहुन्थ्यो । सरकारसँग वार्तापछि उहाँले त्यो अभियान छोडेर जनमत पार्टी स्थापना गर्नुभएको हो ।