अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन

पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन


काठमाडौं- नेपाली कांग्रेसकी नेत्री तथा पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन भएको छ । ७१ वर्षिया भण्डारीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत सोमबार निधन भएको हो ।

उहाँ तत्कालीन संविधानसभा सदस्य हुनुहुन्थ्यो । धनुषाको जनकपुर उपमहानगरकी बासिन्दा भण्डारी २०७० को संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ सांसद हुनुहुन्थ्यो ।

उहाँको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नु भएको छ ।

भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै देउवाले श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।