अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जामा बस दुर्घटना, आठ जना घाइते

स्याङ्जामा बस दुर्घटना, आठ जना घाइते


स्याङ्जा- स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ-चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा-७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करिब ८ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा बस पछाडि हट्न गई सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका-१३ बस्ने २३ वर्षीया सावित्रा गैहे, भिरकोट-१ बस्ने ३४ वर्षीया सातुमा खातुन, निजकी १० वर्षकी छोरी अफ्रिया खातुन, भीरकोट-१ कै ३१ वर्षीय मजबुन मियाँ, निजका तीन वर्षका छोरा महम्मद मियाँ, निजकी १० वर्षीया छोरी महबुदा खातुन, भिरकोट-१ कै १४ वर्षीया जदिदा खातुन र पुतलीबजार १० बस्ने २७ वर्षीया फालिदा बेगम घाइते भएका छन् ।