अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वायु प्रदूषण प्रभाव : उपत्यकाका विद्यालय शुक्रबारसम्मलाई बन्द गर्ने तयारी

वायु प्रदूषण प्रभाव : उपत्यकाका विद्यालय शुक्रबारसम्मलाई बन्द गर्ने तयारी


काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणको कारणले भोलिदेखि शुक्रबारसम्मलाई स्कुल बन्द र यातायात जोरबिजोर चलाउने तयारी गरेको छ ।

आज बिहान प्रधानमन्त्री कार्यालयमा बसेको सरकारवालाको बैठकले यो विषयमा छलफलसमेत गरेको छ । सो छलफलपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अहिले मन्त्रालयमा शिक्षा विभागलगायत शिक्षासम्बन्धी विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिसँग यस विषयमा छलफल गरिरहनुभएको छ ।

छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार केही बेरमा शिक्षा मन्त्रालयले यस विषयमा निर्णय सार्वजनिक गर्दैछ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढेको हो ।

स्थिर रहेको वायुमण्डल आगामी दुई/तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविदले बताएका छन् ।

प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।