अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होली खेल्ने क्रममा एसिड प्रहार, तीन जना घाइते

होली खेल्ने क्रममा एसिड प्रहार, तीन जना घाइते


काठमाडौं- होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार कामाडौंको शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।

किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार दुवै बालकको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।