अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन


काठमाडौं- सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन् ।

थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयाे ।

रेशम चौधरीको रिहाइलगायतका विषयमा पनि वार्ता हुने प्रवक्ता गुरुङले बताउनुभयो ।