अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरण : माधव र बाबुराम नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

ललिता निवास प्रकरण : माधव र बाबुराम नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश


काठमाडौं- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद् निर्णय झिकाउन आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले मन्त्रिपरिषद् निर्णय झिकाउन आदेश दिएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश दिएको हो । यसअघि अख्तियारले दुबै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।

ललिता निवास प्रकणमा वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

नेपाल र भट्टराई प्रधानमन्त्री हुँदाको समयमा ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो। त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।