अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा समानान्तर गतिविधिमा संलग्नलाई कारबाही सुरू

एमालेमा समानान्तर गतिविधिमा संलग्नलाई कारबाही सुरू


काठमाडौं– नेकपा एमालेमा समानान्तर गतिविधि गर्नेहरुलाई कारबाही गर्न सुरु गरिएको छ ।

पार्टीले पहिलो पटक आज अर्घाखाँची जिल्ला कमिटीले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै तीनजना नेताहरुलाई कारबाही गरेको छ । माधव नेपाल निकट रहेका उहाँहरुले केही दिन एमालेको समानान्तर कमिटी गठन गर्नुभएको थियो ।

एमाले जिल्ला कमिटीका अध्यक्ष चेतनारायण आचार्यले जारी गरेको विज्ञप्ती अनुसार पार्टीहित विपरीत काम गरेको भन्दै उहाँहरुलाई कारबाही गरेको जनाउनुभएको छ । यसरी कारबाहीमा पर्नेहरुमा संविधानसभाका सदस्य डा. दुमन थापा, जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर चौहान, पार्टीका संगठित सदस्य सिद्धिप्रसाद भूसाललाई कारबाही गरिएको छ । उहाँहरुलाई पार्टी विधानको धारा ४९(ख) अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

  • अर्घाखाँची मोडेल अन्यत्र पनि प्रयोग हुन सक्ने

बैठकले पार्टी विभाजनकारी गुटमा लागेर पार्टी विरोधी कार्यकलापमा संलग्न रहेको भन्दै अन्य केही व्यक्तिहरुलाई समेत स्पष्टिकण सोध्ने निर्णय भएको आचार्यले बताउनुभएको छ ।

अर्घाखाँचीले समानान्तर गतिविधि गर्नेलाई कारबाही सुरु गरेर साहसिक काम गरेको एमालेका एकजना स्थायी कमिटी सदस्यले प्रतिक्रिया दिनुभएको छ । ‘फागुन २३ गते पछाडिका समानान्तर गतिविधि क्षम्य थिएनन् तर सुरुवात कहाँबाट गर्ने भन्ने थियो,’ स्थायी कमिटीका ती सदस्यको भनाइ छ, ‘अर्घाखाँचीले सुरुवात गरेको छ । हामीलाई आशा छ यो देखेर समानान्तर गतिविधि रोकिने छन् । रोकिएन भने अर्घाखाँची मोडेल सबैतिर लागू हुन्छ ।’