अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट निलम्बित [पत्रसहित]

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट निलम्बित [पत्रसहित]


काठमाडौं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बित गरेको छ ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बित गरेको हो ।

उहाँहरूलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जानकारीसमेत दिइसक्नुभएको छ ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ ।

दुवैलाई पठाएकाे पत्रमा भनिएको छ, ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’

पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक गरेका नेपाललाई निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

‘तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ नेपाललाई निलम्बन गर्नुको कारणबारे पत्रमा लेखिएको छ ।

साथै, प्रधानमन्त्री ओलीलले पत्रमा स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटिको स्विकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगिरएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थि प्रवृत्ति प्रष्ट रूपमा देखिएको उल्लेख गर्नु भएको छ ।

‘स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटिको स्विकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगिरएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थि प्रवृत्ति प्रष्ट रूपमा देखियो । आफ्नो स्वार्थको लागि देश, जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्‍याउन तयार भएको, आपराधिक मनोवृत्ति प्रष्ट रूपमा थप पुष्ट भएको । आपराधिक कृयाकलापहरू स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरू प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको,’ पत्रमा भनिएको छ ।

प्रधानमन्त्रीले पठाउनुभएको पत्र :