अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाण्डे र भुसाललाई फेरि स्पष्टीकरण सोधिने

पाण्डे र भुसाललाई फेरि स्पष्टीकरण सोधिने


काठमाडौं- नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई फेरि स्पष्टीकरण सोध्ने भएको छ ।

यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नपठाउनुभएका उहाँहरूलाई फेरि स्पष्टीकरण सोधिने भएको हो ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तत्काल पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

पार्टी हितविपरीत गविविधि काम गरेको भन्दै एमालेले नेताहरू माधवकुमार नेपाल, भीम रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेको थियो ।

तीमध्ये नेपाल र रावलले स्पष्टीकरण पत्र बुझाउनुभएको थियो ।

स्पष्टीकरण चित्त नबुझेको, हाल पनि पार्टी विपरितका गतिविधि कायमै राेखेकाे लगायत कारण देखाउँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्नु भएको छ ।